हात्तीको समूह नै बस्तीमा पसेपछि रातैभर त्रासमा दमकका बासिन्दा

झापा, दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ ।

हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक–३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उहाँले बताउनुभयो ।

स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पु¥याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाउनुभयो । बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताउनुभयो ।

जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक÷दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पु¥याउने गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विवाहमा दुई अर्ब भारतीय रुपैयाँ खर्च : तीन सय क्वीन्टल फोहोर विसर्जन, २ लाख ५० हजार जरिबाना

लोकसेवाको परीक्षा नरोकिनेः चार लाख युवाको हक कुण्ठित गर्न नहुने सर्वोच्चको आदेश