विवाहमा दुई अर्ब भारतीय रुपैयाँ खर्च : तीन सय क्वीन्टल फोहोर विसर्जन, २ लाख ५० हजार जरिबाना

Auli: Kritika Singhal, daughter of diamond merchant Suresh Singhal and Suryakant, son of industrialist Ajay Gupta during their wedding ceremony, in Auli, Thursday, June 20, 2019. (PTI Photo) (PTI6_20_2019_000171B)

अउली, भारत – भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ ।

नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिनुभयो । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाईका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताउनुभयो । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ । नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।रासस-एएनआई)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काम गरेको ज्याला नपाएपछि वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी

हात्तीको समूह नै बस्तीमा पसेपछि रातैभर त्रासमा दमकका बासिन्दा