‘अमिन’ तयारी कक्षामा लाखौंको ठगी, सरकारी निकायकै उच्च अधिकारी संलग्न

काठमाडौं। लोकसेवाअन्तर्गत अमिन कक्षा सञ्चालनका क्रममा विद्यार्थी व्यापक ठगिने गरेको पाइएको छ । लोकसेवा तयारी कक्षा सञ्चालनका लागि खुलेका संस्थाले विद्यार्थीबाट लाखौं रुपैयाँ असुली रहेका छन् । ती संस्थाले कति रकम लिनुपर्ने भन्ने निश्चित मापदण्ड समेत बनाइएको छैन । सरकारी निकायकै उच्च अधिकारीसमेत सो ठगी धन्दामा संलग्न भएको पाइएको छ । सरकारी कर्मचारीले कार्यालय समयभन्दा बाहेकको समयमा पढाउन अख्तियारप्राप्त अधिकारीबाट स्वीकृत लिनुपर्छ ।

तर, ती सरकारी अधिकारीले स्वीकृति नै नलिई पढाउँदै आएका छन् ।लोकसेवा तयारी कक्षा गराइरहेकामध्ये केही संस्थाले बिल नै नकाटी विद्यार्थीलाई पढाउने गरेको राजधानी दैनिकले फेला पारेको छ । एक विद्यार्थीले भने, ‘हामी पढ्न आउँछौं । मैले पैसा बुझाएँ तर रसिद नै दिएनन् ।’ केही इन्स्टिच्युटमा विद्यार्थी जम्मा गरेर अवैध ढंगले कक्षा सञ्चालन हुँदा पनि सरकारले नियमन गर्न सकेको छैन ।

काठमाडांै कोटेश्वरस्थित सीटी इंग्लिस स्कुलमा कोठा भाँडा लिएर अमिन कक्षा भइरहेको छ । जहाँ झन्डै चार सय विद्यार्थी अध्ययनरत छन् । सीटी इंग्लिस स्कुलले कक्षा सञ्चालनका लागि कोठा व्यवस्थापन मात्रै गरिदिएको बताएको छ । संस्थाका सञ्चालक डा. वाईडी त्रिपाठीका अनुसार आफूहरुले कोठा व्यवस्थापन गरिदिए पनि प्रत्यक्ष संलग्न नभएको बताए । उनले भने, ‘हामीले संयोजन मात्रै गरिदिएका हौं । विद्यार्थीबाट बिल काटेका छैनौं ।’ यो समाचार राजधानी राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार प्रशान्त वली र केशवप्रसाद पाण्डेले लेखेका हुन्।

यो तथ्यले विद्यार्थी जम्मा गरेकै आधारमा अवैध ढंगले कक्षा सञ्चालन भइरहेको पुष्टि हुन्छ । कक्षा सञ्चालनको नेतृत्व गरेका हेमन्त ढकालले अध्ययनका लागि रसिद नकाटेको स्वीकार गरे । उनले भने, ‘विद्यार्थी थोरै भएको बेला रसिद काट्ने गरेका थियौं । तर, अहिले विद्यार्थीको चाप बढेपछि रसिद काटेका छैनौं ।’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

लगाएको बाली खेतबारीमै सुक्न थालेपछि पानी माग्दै देवताको शरणमा स्थानीयवासी

१० वर्षमा सम्भव ६८ लाख रोजगारी ! कति सम्भव ?