सिमेन्ट बोकेको ट्रक २५ मिटर तल खस्दा दुर्घटना

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ । दुर्घटनामा परी व्यास नगरपालिका–१२ निवासी १७ वर्षीय अर्जुन थापा र सोही ट्रकका सहचालक प्यूठान जिल्ला शर्मारानी गाउँपालिका–३ निवासी २० वर्षीय मुमबहादुर थापा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पैदलयात्री तनहुँको व्यासनगरपालिका–१२ घाँसीकुवा निवासी अर्जुन थापालाई ट्रकले एक्कासि ठक्कर दिएपछि अनियन्त्रित भई पृथ्वी राजमार्ग सडकबाट करीब २५ मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी सख्त घाइते भएका दुवै जनाको दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

टेलिफोन टावरमा समस्या आउँदा एक सातादेखि टेलिफोन सेवा बन्द

म्याजिक भ्यानलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु, पन्ध्र जना घाइते