भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर १७ महीने बालकको मृत्यु

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेको १७ महीनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको आज दिउँसो पानीमा डुबेर मृत्यु भएको छ ।सोही स्थान बस्ने फुपू कमला धिमालको घरमा भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको मृत्यु भएको हो ।

डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारका लागि विराटचोकस्थित सुकुना सामुदायिक अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सहुलियत दरमा नागरिकलाई सेवा प्रवाह गर्न नेपाल टेलिकमको ‘फाइबर टू होम’ सेवा शुरु

नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्वाचित