झापा । झापामा ट्राफिक प्रहरीलाई घुस दिएको आरोपमा एक चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिएको आरोपमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी पक्राउ परेका हुन् । सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई सोमबार खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा पाँच सय रुपैयाँ राखेर घुस दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ना२ख ८३६० नं ट्रक चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
जब ट्राफिक प्रहरीलाई घुस दिए यी चालकले, परे यस्तो फसादमा

Leave a Reply
Loading…
0
Comments
0 comments