हेर्नुहोस यस्ती छन् नायिका जुही चावलाकी छोरी

एजेन्सी- जुही चावला बलिउड उद्योगकी चर्चित अनुहार हुन् । उनको अभिनयलाई मन नपराउने सायदै होलान । बलिउडमा उनको अभिनयको मात्र होइन रुपको पनि उत्तिकै चर्चा रहेको छ ।तर यो क्षेत्रबाट उनको परिवार सधैं टाढा बस्ने गर्छ । यसैकारण जुही चावलाका सन्तानलाई कमैले चिन्छन् ।जुही चावलाले हालै आफ्नी छोरी जान्ह्वीको तस्बिर सेयर गरिन् ।

यो तस्बिरमा जान्ह्वी विद्यालयको कक्षाकोठामा बसिरहेको देख्न सकिन्छ । नायिकाले तस्बिरसँग लेखिन्, ‘जान्ह्वी आफ्नो स्कूलको फेयरवेलमा, एकै समयमा खुसी र दुःखी । ’ जुही चावलाकी छोरी धीरुभाइ अम्बानी इन्टरनेशनल स्कूलमा पढ्छिन् ।

थुप्रै प्रशंसकले उनकी छोरीको जुहीको झैं मुस्कान भएको बताए । उक्त फोटोमा थुप्रै विद्यार्थी भएकाले जान्ह्वीलाई चिन्न सजिलो छैन ।यसैकारण जुही चावलालाई धेरैले छोरी कुन हो भनेर सोधिरहेका छन् ।जुहीका न छोरी जान्ह्वी र छोरा अर्जुन लाइम लाइटबाट टाढै छन् ।कुनै समय बलिउडमा जुही चावला र सलमानको प्रेम रहेको कुरा पनि बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

एमी ज्याक्सन पछि विवाह भन्दा पहिले नै आमा बन्दै यी नायिका, शेयर गरिन यस्तो भिडियो

चिया किसानद्वारा नाराबाजी सहित नगरपालिका घेराउ