ड्युटीमा खटिएका प्रहरीलाई घुस दिने ट्रक चालक पक्राउ

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई रु ५०० घुस दिने एक व्यक्ति आज झापामा पक्राउ परेका छन् । पक्राउपर्नेमा अर्जुनधारा नगरपालिका–५ का ३९ वर्षीय ट्रक चालक उमाकान्त राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान सवारी चालक राजवंशीले अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रगढीका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै सवारी दर्ता किताबको बीचमा रु ५०० राखेर घुस दिएका थिए । ना२ख ८३६० नं ट्रक चालक राजवंशीले घुसबापत रकम दिएलगत्तै उनलाई पक्राउ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

१६ बर्षमै बिहे गरेका बद्री पंगेनीले जन्म दिनमा आमालाई सम्झेर धरधरी रोए,राती १२ बजे सम्झानेलाई गोप्य राखे!

मोटो भएर हैरान हुनुहुन्छ त्यसो भएर खानुहोस डल्ले खुर्सानी, यति धेरै फाइदै फाइदा