नेपालमा परमाणु भट्टी स्थापना गर्ने विषयमा सांसदहरुको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहले नेपाल परमाणु भट्टी स्थापना गर्ने विषयमा आपत्ति जनाएका छन् । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सत्तारुढ र प्रतिपक्षी दलकै सांसदहरुले आपत्ति जनाएका हुन् । उनीहरुले राष्ट्रको अहित हुनेगरी विधेयक आएको भन्दै विरोध जनाए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी, सत्तारुढ नेकपाका सांसद भीम रावलले सो विधेयकप्रति आपत्ति जनाएका हुन् । सांसद भण्डारीले सरकारले बाह्य ‘इन्ट्रेष्ट’ मा पारमाणविक भट्टी नेपालमा सञ्चालन गर्नेसम्बन्धी विधेयक ल्याएकोले मान्य नहुने बताइन् । सांसद रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको विधेयक राष्ट्रको हितमा नरहेको बताए । उनले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाए । रेडियोधर्मीसम्बन्धी कानुन बनाउन भने सरकारले ढिलाइ गर्न नहुने सांसद रावलको भनाइ छ ।

बैठकमा पूर्व स्वास्थ्यमन्त्री डा. भरत प्रधानले पारमाणविक भट्टी नेपालको आवश्यक्ता नभएको बताए । उनले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेकोप्रति जोड दिए । डा. प्रधानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सरजस्ता प्राणघातक रोग लागेको भन्दै यसबारे कानुन निर्माण गर्न सरकारलाई सुझाव दिए ।

यस्तै भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले पनि रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सरजस्ता रोगका कारण ज्यान गुमाउनु परेको भन्दै उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

मलामी गएपछि नुहाउन पसेका चक्रबहादुर नदीमै बेपत्ता खोजि कार्य जारी

प्याजको प्रयोगले तीन मिनेटमै निको पार्छ दाँतको दुखाई