वर्षात् शुरु भएसँगै असार २१ देखि निकुञ्जभित्र जीप नचल्ने

चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जीप सञ्चालनमा रोक लगाउन लागिएको हो भन्नुभयो ।

निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ । निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् ।

ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिनुभयो । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ । यस वर्ष जेठसम्ममा रु २७ करोड राजस्व सङ्कलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सलमान खानले बाँदरलाई पानी पिलाउदै गरेको भिडियो सोसल मिडियामा भाइरल दर्शकले हेरर यस्तो प्रतिक्रिया दिए

नेपाल एयरलाइन्सको व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन