डा. बाबुरा भट्टराईको सुझाव– विप्लव समूहसँग वार्ता गरेर समाधान खोजौं

गोरखा । समाजवादी पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग वार्ता गरेर समाधान खोज्न सरकारसँग माग गरेका छन् । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउँदै सो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरिरहेका बेला डा भट्टराईले दमन नभइ वार्ताबाट समस्या समाधान गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

गृहजिल्ला गोरखामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यशक्तिले बल प्रयोग गरेर हल हुँदैन, प्रधानमन्त्री र मुख्य पार्टीका नेता विद्रोहबाट आउनुभएको हो दमन होइन वार्ताबाट हल गर्नुपर्छ भनेर उहाँहरुले पनि बुझ्नुपर्ने हो।’

विप्लव समूहलाई राजनीति व्यवहार गर्नुपर्ने बताएका डा. भट्टराईले दुई तिहाइको सुविधा प्राप्त सरकारले अवसरको सदुपयोग गर्न नसकेको भट्टराइको भनाइ छ।सरकारले विकाश निर्माणमा उत्साहजन काम गर्न नसकेको टिप्पणी रेका उनले सरकारले जनताको अभिमतको ठीक ढंगले सदुपयोग गर्नै नसकेको ठोकुवा गरे । सरकारको काम कारबाहीप्रति सत्तापक्षकै नेता कार्यकर्ता पनि सन्तुष्ट जनाएको भन्दै उनले पुरानो केन्द्रिकृत ढाँचाबाट अघि बढ्दा सरकारले गति लिन नसकेको आरोप छ।

संघीयता कार्यान्वयनमा भन्दा पनि केन्द्रमा बढी अधिकार राख्दा समस्या थपिएको बताएका उनले भने, ‘७० प्रतिशत केन्द्रमा राखेर ३० प्रतिशत मात्र तल्लो तहमा बाँडिएको छ, यसले परिणाम दिन सक्दैन ।’

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेकपा संसदीय दलको बैठक जारी, ओली र प्रचण्ड पनि सहभागी

यस्ता छन् काजु खानुका अचम्मका फाइदै फाइदा