काठमाडौं । सत्तारुढ दल नेकपा संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपाको संसदीय दलको बैठक बसिरहेको हो । सो बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुको सहभागी रहेको छ ।
जारी बैठकमा मुलुकको समसामयिक राजनीतिलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । सरकारले ल्याएका विभिन्न विधेयकप्रति भइरहेको विरोधकाबारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
नेकपा संसदीय दलको बैठक जारी, ओली र प्रचण्ड पनि सहभागी

Leave a Reply
Loading…
0
Comments
0 comments