बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

गौशाला (रासस) महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

गएराति १ बजे भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको बिहेमा दुलहा घुमाउनका लागि मनरा–४ बस्ने सदाम खानको बिपीभी ५०९७ नं को रथ र डिजे बाजा ल्याइएकोमा सोही रथमाथि राखेर डिजेबाजा बजाउने काम गर्दै आएका सहायक पण्डितको मोबाइलबाट डिजे बाजा बजाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

घटनापछि सख्त घाइते युवक पण्डित बेहोश भई रथबाट भुइँमा झरेपछि उनलाई गएराति नै उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकामा आज बिहान ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।मृतक युवकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमै राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दङ्गल ‘स्टार’ जायरा वसिमले एक्कासि किन गरिन् सिने क्षेत्रबाट अलग्गिने घोषणा ?

हामीले सधैं खाने नुनका यस्ता छन् अपत्यारीला फाइदै फाईदा