काठमाडौं । अमेरिकामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अमेरिकाको एडिसन विमानस्थलबाट फ्लोरिडाका लागि उडेको केही समयमै भएको विमान दुर्घटनामा उक्त हताहती भएको हो । टेक्सासमा डबल इन्जिनसहितको किङ्ग एयरको सानो आकारको विमान विमानस्थलकै ह्याङ्गर (विमान पार्क गर्ने भवन) मा ठोक्किएर दुर्घटनामा परेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनीहरुकाअनुसार ह्याङ्गरमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । विमान दुर्घटनामा परे लगत्तै आपतकालीन उद्धारकर्मी घटनास्थलमा पुगे पनि विमानमा सवार कसैको पनि ज्यान बचाउन सकेनन् ।
Comments
0 comments