टेनिस प्रतियोगितामा सहभागि हुन राप्रपा अध्यक्ष थापा भुटान प्रस्थान

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापा सोमबार भुटान प्रस्थान गरेका छन् । साताव्यापी निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गरेका अध्यक्ष थापा टेनिस प्रतियोगितामा सहभागी जनाउने सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापा टेनिसका खेलाडी समेत हुन् । भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन अध्यक्ष थापा त्यसतर्फ प्रस्थान गरेका सोमबार श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रचार विभाग प्रमुख श्रेष्ठले जारी गरेको प्रेस नोट

२०७६ असार १६ गते
प्रेस नोट
राप्रपा अध्यक्ष कमल थापा साताव्यापी निजी भ्रमणको सिलसिलामा आज बिहान भुटानको थिम्पुतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत(भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

मोहन श्रेष्ठ
प्रचार विभाग प्रमुख, राप्रपा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पाँच देखि छ सयको हाराहारीमा कलाकार नेपाल आँउदा आइफाको खर्चः कसलाई कति पर्छ ?

‘आईफा अवार्डको लागि एक अर्व दिने निर्णय गलत, पार्टीमा छलफल हुनुपर्छ’