काठमाडौं । स्पेनले २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा स्पेनले जर्मनीलाई २–१ ले पराजित गर्दै उपाधि कब्जा गरेको हो । स्पेनलाई उपाधि दिलाउन फाबिएन रुइज र ड्यानी ओल्मोले गोल गरे । यता जर्मनीका लागि नादिएम अमिरीले सान्त्वाना गोल गरे ।
खेलको सातौँ मिनेटमा रुइजको गोलबाट लिएको अग्रतालाई स्पेनले ६९ औँ मिनेटमा ओल्मोले गोलबाट दोब्बर पारे । खेलको ८८ औँ मिनेटमा जर्मनीका लागि अमिरीले एक गोल गरे पनि हार टार्न सकेनन् । स्पेनले पाँचौँ पटक उपाधि जितेको हो । प्रतियोगितामा सात गोल गरेका जर्मनीका लुकाले गोल्डेन बुट जिते ।
Comments
0 comments