आज कता कता हुँदैछ भारी वर्षा ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि मुलुकभरका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षासम्म हुने जनाएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा बिहानै मेघगर्जनसहित वर्षा भइरहेको छ । पश्चिम पहाडका केही स्थानमा भारी वर्षा र अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर सोमबार राति पनि सामान्य बदली भएर पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मध्य र पूर्वका विशेष गरी तराई भूभागका एक दुई स्थानहरुमा र पश्चिमका पहाडी भूभागका केही स्थानमा सोमबार राति भारी वर्षाको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सरकारले सदनमा दर्ता गरेका विधेयक किन परे विवादमा

मल उपलब्ध गराउन माग गर्दै नेपाली काङ्ग्रेसद्धारा कैलालीका १३ वटा स्थानीय तहमा धर्ना