बलिउडका सिद्ध हस्त कलाकार अमिर खानसँग दङ्गल र सुपरस्टार जस्ता फिल्म खेलेर चर्चामा आएकी जायरा वसिमले यो क्षेत्रबाट अलग्गिने घोषणा गरेकी छन् ।
राष्ट्रिय पुरस्कार बिजेता १८ वर्षे कलाकारले आइतबार फेसबुकमा लामो पोस्ट गर्दै सिने क्षेत्रबाट अलग्गिने घोषणा गरेकी हुन् । सिने क्षेत्रले आफूलाई अल्लाहबाट अलग बनाएको र इमानको प्रश्न बीचमा आएकाले छाड्न लागेको उनको भनाई छ ।
‘पाँच वर्षको करिअरमा मैले थुप्रै माया र सहयोग पाए । तर म निरन्तर मेरो इमान बीचमा आउने गरी काम गरिरहेकी थिए । यसले मलाई मेरो धर्मबाट पनि अलग गरिदिएको थियो,’ जायराको फेसबुक पोष्टमा छ । अहिले आफू कलाकारको परिचयबाट सन्तुष्ट नरहेको पनि उनले जनाएकी छन् ।
Comments
0 comments