२ बच्चा र साढे ४ अर्ब लिएर यसरी यूएईका प्रधानमन्त्रीकी श्रीमतीले छाडिन देश

दुबईका अरबपति राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेका छन् । उनले करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँसहित दुई बच्चा जलिला ९११० र जायेद ९७० लिएर भागेको समाचार जनाएको छ ।

समाचारका अनुसार राजकुमारी हया लण्डनमा लुक्दै आएकी छन् । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । नयाँ पत्रिकामा खबर छ त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेदन ९तलाक० मागेकी थिइन् ।

अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ । जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

क्यान्सरको बिषालु तत्वलाई हटाउने चिप्ली भिन्डी खाँदा यी छन् अरु फाइदा

अक्षराङ्कनअनुसार ‘ए’ र ‘ए प्लस’ ल्याउने अधिकांश विद्यार्थीको रोजाइ विज्ञान विषय