‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग्दै सांसद

काठमाडौं । कर्णाली प्रदेशका सांसदले ‘जनता सडक कार्यक्रम’ का लागि १० करोड माग गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा रकम घटाएपछि सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गरेका छन् ।

यसको बजेट १० करोड पुर्याउन उनीहरुको माग छ । चालु आथिएक वर्षमा छुट्याएको ५ करोड रकम खर्च गर्न नसकेपछि आगामी वर्षका लागि प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रकम विनियोजन गरिएको छ ।

जनता सडकका लागि छुट्याएको रकम नबढाए सदन अघि बढ्न नदिने सांसदले चेतावनी दिएका छन् ।

विषयगत मन्त्रालयमा धेरै बजेट विनियोजन गरेको तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने सांसदलाई भूमिकाविहिन बनाउन लागेको आरोप लगाएका छन । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

केहो डेंगु ? यस्ता छन् डेंगुबाट बच्ने उपाय

नासुको खातामा यसरी पाइयो अख्तियार पूर्वआयुक्त राजनारायणको पैसा