काठमाण्डौँ । आजदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घन्टा खुल्ने भएको छ । गएको चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थलमा भइरहेको पुरानो पिच भत्काएर नयाँ पिच राख्ने काम सकिएपछि विमानस्थल दैनिक २१ घण्टा खुल्न लागेको हो ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम सम्पन्न भएसँगै आजबाट २१ घण्टासम्म विमानस्थल खुल्नेछ ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार आजबाट विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएका छन् । यद्यपी आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।
Comments
0 comments