उपत्यकामा एक दिनमै सात करोड रुपैयाँको दही बिक्री भएको छ।असार १५ मा धान दिवस मनाउने र दही चिउरा खाने चलन छ।
यसले गर्दा एक दिनमै दहीको कारोबार यति धेरै भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापको छ।यो वर्ष असार १५ गते उपत्यकामा मात्रै ७ लाख लिटर दही बिक्री भएको छ।
यसलाई पैसामा परिणत गर्दा ७ करोड मूल्यबराबरको कारोबार भएको देखिन्छ।दहीको औसत मूल्य एक सय रुपैयाँ प्रतिलिटर छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डीडीसी०सहित निजी क्षेत्रको ३० वटा डेरीबाट उत्पादित यो परिणाममा दहीको कारोबार भएको हो।
Comments
0 comments