एजेन्सी । इंग्ल्यान्डले विश्वकपमा भारतलाई सन् १९९२ यता पहिलो पटक पराजित गर्दै शानदार जित दर्ता गरेसँगै पाकिस्तानको सेमी फाइनल पुग्ने संभावना न्यून बनेको छ । आइतबार भएको खेलमा पाकिस्तानका समर्थकहरुले भारतको जित होस् भन्ने कामना गर्नुका साथै इग्ल्याण्ड हारेको हेर्न चाहेपनि उनीहरुको त्यो चाहना पूरा हुन सकेन । गएरातीको खेलमा भारत बिरुद्ध निकै खरो रुपमा उत्रिएको घरेलु टोली इंग्ल्याण्डले ३१ रनको महत्वपूर्ण जित निकाल्दै सेमिफाइनल समीकरण थप रोचक बनाएको छ ।
८ खेलबाट इंग्ल्याण्डको १० अंक जोडेको घरेलु टोली इंग्ल्याण्डले सेमिफाइनल प्रवेश झै निश्चित नभए पनि १० टोली सम्मिलित विश्वकपको राउण्ड रोबिन लिग चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गरेमात्रै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछ । समान खेलबाट न्य्रजिल्याण्डको ११ र ७ खेलबाट भारतको पनि ११ अंक छ । ८ खेलबाट पाकिस्तानको ९ अंक छ । गएरातीको खेल हेरेका पाकिस्तानका समर्थकहरुले भारत पराजित भएसँगै पाकिस्तानी समर्थकहरुले भारतले जानी जानी हारेको आरोप लगाएका छन् ।
खेल सकिएसँगै पाकिस्तानी समर्थकले पाकिस्तानलाई सेमी फाइनलमा पुग्न रोक्नका लागि भारतले जानिबुझी म्याच हारेको आरोप लगाएको भन्दै सामाजिक संजाल नै तताउन पुगेका छन् । गएरातीको खेलमा भारतको पराजयसँगै अबको बाँकी रहेको एक खेल पाकिस्तानले जित्नैपर्ने हुन्छ । त्यो पनि इंग्ल्याण्डले अब बाँकी रहेको खेल हार्यो भने मात्रै पाकिस्तानका लागि विश्वकपको ढोका खुल्ने छ । यसैबिच खेलप्रेमीहरुले भारत, इग्ल्याण्ड र पाकिस्तानलाई जोडेर मजाक गरिरहेका छन् । स्वरुपानन्द बेनर्जी लेख्छन्, ‘इतिहासमा पहिलोपटक भारत हार्दा पाकिस्तानी समर्थक टीवी फुटाइरहेका छन् ।’
Comments
0 comments