मधुवन नगरपालिका–५ पुष्पलाल सडक खण्डबाट भन्सार छलेर भारततर्फ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले १६७ बोरा केराउ बरामद गरेको छ ।
नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरी लैजानका लागि बेवारिसे अवस्थामा थुपारी राखेको केराउ बरामद गरिएको प्रहरीले जनाएको छ । करीब रु पाँच लाख मूल्य पर्ने सो केराउलाई आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो ।(रासस)
Comments
0 comments