कहाँ पुग्यो मैना सुनार काण्ड एक मुद्दा २ वर्षदेखि इजलासमै अल्झिरहेयो

सर्वोच्च अदालतमा मैना सुनार हत्या प्रकरणसम्बन्धी एक मुद्दा २ वर्षदेखि इजलासमै अल्झिरहेको छ।३ वैशाख २०७४ मा काभ्रे जिल्ला अदालतले अवकाशप्राप्त तीन सैनिक अधिकृतविरुद्ध सुनाएको जन्मकैदको फैसला बदर माग राख्दै नेपाली सेनाले १६ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

काभ्रे खरेलथोककी १५ वर्षीया मैना सुनारलाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाशप्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले ३ वैशाख २०७४ मा २० वर्ष कैद सजायको फैसला सुनाएपछि नेपाली सेनाले उक्त फैसलाविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो। यो खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

तत्कालीन काभ्रे जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासबाट तीन जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३९३० बमोजिम जन्मकैदको सजाय सुनाएको थियो।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

The women’s 3000m steeplechase during the Prefontaine Classic

Tomas Walsh of New Zealand competes in the men’s shot put