सीके राउतले मागे प्रधानमन्त्री ओलीसँग एक करोड बिरुवा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक करोड बिरुवा मागेका छन् । प्रदेश २ का जिल्लाहरूमा वृक्षरोपण गर्न भन्दै उनले प्रधानमन्त्रीसँग निमका एक करोड बिरुवा मागेको जानकारी वन तथा वातावरण मन्त्रालय स्रोतले दिएको छ ।

‘राउतले बिरुवा माग गरेको जानकारी प्रधानमन्त्रीले हामीलाई दिनुभएको छ,’ स्रोतले भन्यो, ‘के कति बिरुवा व्यवस्थापन गर्न सकिन्छ, खोजिदिनुस् भनेर हामीलाई आग्रह गरिएको छ ।’

राउतको मागअनुसारको परिमाणमा बिरुवा उपलब्ध गराउन भने नसकिने मन्त्रालय र वन तथा भूसंरक्षण विभागले जनाएको छ । सरकारले आगामी आवमा देशभर अभियानमार्फत ५ करोड बिरुवा रोप्ने घोषणा गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत आव २०७६र७७ लाई वृक्षरोपण वर्ष घोषणा गरेको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

The 22nd anniversary of the city’s handover from Britain to China

चिया नबिकेपछि किसानले हरियोपत्ती सडकमै पोखेर विरोध जनाए