तीन वटा सवारी एकापसमा ठोक्किदा दुई जनाको ज्यान गयो, ३२ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आज तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र वतन नखुलेकी एक २० वर्षीया महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नंको बस र चितवनबाट काठमाडाँै जाँदै गरेको बा३ख १००४ नंको माइक्रो र बा२ख ४५६७ नंको माइक्रो एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई सामान्य उपचारपछि राजमार्ग सामुदायिक अस्पतालबाट ट्रमा सेन्टरमा पठाइएको छ । गजुरी अस्पतालमा सात र चरौँँदी अस्पतालमा दुई जना उपचाररत रहेका छन् । बाँकी यात्रुको उपचारपछि घर पठाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

राष्ट्रपति भण्डारी सम्मान–पत्र हस्तान्तरणपछि सामूहिक तस्वीरमा

मध्य असारसम्म चितवनमा दुई दशमलव पाँच प्रतिशत मात्र खेत रोपाइँ