हेटौँडा नै स्थायी राजधानी रहने छ : मुख्यमन्त्री पौडेल

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताउनुभएको छ । पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताउनुभयो । मुख्यमन्त्री पौडेलले राजधानी कायम गर्न विभिन्न संवैधानिक एवम् कानूनी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै स्थायी राजधानीको चाँदै टुङ्गो लाग्ने बताउनुभयो ।

प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका १३ जिल्लामध्ये हेटौँडा स्थायी राजधानीका लागि उपयुक्त स्थान हेटौँडा रहेको बताउनुभयो । उहाँले सबै प्रक्रिया मिलाई राजधानीको टुङ्गो लगाउनुपर्ने भन्नुभयो ।बुद्धिजीवी एवम् समाजसेवी हरिप्रसाद रिजालले हेटौँडा राजधानीका लागि अत्यन्त उत्तम रहेको बताउनुभयो । उहाँले स्थायी राजधानी कायम गर्ने विषयमा ढिलो गर्न नहुने विचारसमेत व्यक्त गर्नुभयो । हेटौँडाको उद्योगीहरुले पनि हेटौँडा नै राजधानी रहनुपर्ने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भूकम्पबाट क्षति भएका पन्ध्र सय घरको पुनःनिर्माण सम्पन्न, भूकम्पपीडितले पाए नयाँ घर

राष्ट्रपति भण्डारी सम्मान–पत्र हस्तान्तरणपछि सामूहिक तस्वीरमा