एजेनसी- भारतको कर्नाटक केरल बोर्डरको जंगलमा मोटरसाइकलमा हिडिरहेका व्यक्ति माथि बाघले आक्रमण गर्न खोजिरहेको भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ।
उक्त भिडियोमा जंगलको बीचमा रहेको सडकमा मोटरसाइकल माथि बाघले आक्रमण प्रयास गरेको जस्ताको त्यतै देख्न सकिन्छ । मोटरसाइकल अगाडि अगाडि र बाघले पछाडिबाट लखेट्को भिडियोमा देखिन्छ। यस बारे पुष्टि भैनसकेको भएता पनि भिडियोमा मोटरसाइकलमा सवारहरुले मलयालम भाषा बोलेको हुँदा घटना कर्नाटक९केरल बोर्डरको जंगलको रहेको हुन सक्ने अनुमान गरिएको हो। आफुहरु मोटरसाइकलमा सवार गर्दा उनिहरुले भिडियो लिइरहेको अबस्थामा भिडियो कैद हुन पुगेको हो।
उक्त भिडियो अहिले संजालमा देखा परेसँगै भाइरल भएको र चर्चा समेत पाएको हो । बाघ आक्रमण गर्न खोजेका युवाहरुको हालत बारे अहिले सम्म पनि केहि खुल्न आएको छैन् । यस कारण भिडियो कहिले को हो भनेर पनि पुष्टि हुन सकेको छैन।
Comments
0 comments