काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । उनले रोपायमा हलो जोतेका तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
उनी गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ( ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए ।
उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् । भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो १ हो हो माले होहो १ भन्दै लेखेका छन् । धान दिवसको अबसर पारेर भट्टराई पनि रोपाई गर्न गाउँ पुगेका हुन् ।
Comments
0 comments