चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरीकाबाट अडिसनमा सहभागी हुनकै लागि नेपाल आउनुभएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाउनुभएको हो । २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो ।
आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले आज उहाँको नाम सार्वजनिक गर्नुभएको हो । हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, क्रिस्टनालाई गीत पात्रका लागि छानेका छौं । अडिसनमा सहभागी हुनुभएकोमा सबैलाई धन्यवाद्, निर्माता सन्तोष सेनले भन्नुभयो, ‘अडिसनमा छानिएका उत्कृष्ट टप २५ लगायत अडिसनमा सहभागी हुनुभएका सबैलाई धेरै धेरै धत्रन्यवाद् ।’
निर्माण टिमले शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिष्टिना गुरुङ यो चलचित्रका लागी फाइनल भएका छन् । चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारसहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्ने जनाइएको छ ।
Comments
0 comments