‘नेपाल काम गर्न चाहने कर्मवीरहरुको देश हो, नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो’

काठमाडौं,१५ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गर्नुभएको छ ।

“सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।”प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । “भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु । ”
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो ।

नेपालीहरु श्रम गर्नमा रुची राख्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।” कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ ।”

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

स्थानीय तहमा बैंक स्थापना भएसँगै ग्रामीण क्षेत्रका आर्थिक गतिविधिमा वृद्धि

सेनेटरी प्याड बनाउने तालिम