एजेन्सी -बलिउडका चर्चित अभिनेता हुन् सलमान खान । पछिल्लो समय उनी र कटरिना कैफको लभ अफयेरलाई लिएर ठुलै चर्चा हुने गरेको छ ।लगातार फिल्म फ्लप भएपछि सलमान खानको शरणमा पुगेकी कटरिनाको करिअर सलमानले नै जोगाइदिएका हुन् ।
टाइगर जिन्दा है, भारत जस्ता फिल्महरुमा कटरिना र सलमानको जोडीलाई अत्यन्तै मन पराइएको हो ।भारतमा कटरिनाको अभिनयलाई पनि उत्तिकै मन पराइएको छ ।
सलमान खानले कटरिनाको तारिफ गर्दै उनीसँग हरे सबै फिल्म खेल्न आफु इच्छुक रहेको बताएका छन् । समाचारमा जनाइए अनुसार फिल्म ‘इन्साअल्लाह’, ‘किक २’ मा कटरिनालाई राख्न सलमान खानले निर्देशकहरुलाई आग्रह गरेको समेत बताइएको छ ।सलमान पछिल्लो समय फिल्म दवगंमा व्यस्त छन् ।
Comments
0 comments