काठमाडौँ- नेपाली फिल्ममा हालै प्रवेश गरेकी अभिनेत्री सुहाना थापाको पहिलो फिल्म नै निकै तारिफ पाउन सफल भयो। ‘ए मेरो हजुर ३’ मा सुहानाले गरेको अभिनयलाई अत्यन्तै रुचाइयो ।। उनको पहिलो काम नै प्रशंसायोग्य रहेकाले पनि तारिफ पाएकी हुन्। फिल्ममा उनले अनमोल केसीसँग अभिनय गरेकी थिइन् ।
उनको अभिनय गरेको हेर्दा डेब्यु फिल्म जसतो देखिन्नथ्यो । यसै बिच उनले एक अन्र्तवर्तामा आफुलाई मन पर्ने गायक प्रताप दास रहेको बताउकी छन् ।उनले भनेकी छन् उनको स्वर सुरिलो छ त्यसेले मन पर्छ ।
पहिलो पटक मैले उहाँले गाउनुभएको गीत लाइभ स्टुडियोमा नै सुन्न पाएँ। उहाँको स्वर यति मीठो लाग्यो कि म बयानै गर्न सक्दिनँ। त्यही भएर मलाई प्रताप मनपर्ने गायक हो।उनले भनिन् । त्यस्तै गायिकामा प्रविशा अधिकारी मन पर्ने बताएकी छन् ।त्यस्तए मा पर्ने नेता बाराक ओबामा भएको बताएकी छन् ।
Comments
0 comments