क्रिकेटबाट सन्यासको घोषणा गरेपछि युवराजले दिएको पार्टीमा अम्बानी परिवारदेखि बलिउड सेलिब्रिटीसम्मको घुँइचो

एजेन्सी । भारतीय चर्चित क्रिकेटर युवराज सिंह यतिबेला चर्चामा छन् । उनी चर्चामा आउनुको मुख्य कारण हो अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि दिएको पार्टीका कारण उनको चर्चा चुलीएको हो । सन् २०१९ जून १० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि युवराजले मुम्बईमा आफ्नो रिटायरमेन्ट पार्टीको आयोजना गरे । युवराजको पार्टीमा अम्बानी परिवारसमेत क्रिकेट र बलिउडका विभिन्न सेलिब्रिटीको उपस्थिती जनाएका तस्विरहरुले अहिले चर्चा पाइरहेका छन् ।

युवराजको रिटायरमेन्ट पार्टीमा उनका निकै मिल्ने साथी एवं पूर्व क्रिकेटर इरफान पठान आफ्नी श्रीमती र छोरासँग पुग्दा उनी निकै प्रफुलिलत देखिएका थिए । युवराज सिंहकी पूर्व प्रेमिका एवं नायिका किम शर्मा पनि युवरानको पार्टीमा देखिएको आजतकले उल्लेख गरेको छ । उक्त पार्टीमा देखिएका यि रमाइला दृश्यहरु तस्विरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

म्याग्दीका छ वटा स्थानीय तहमा ३३ वटा हेलिप्याड निर्माण

प्रकाश सपुतलाई जहा दुख्छ त्यहि हाने भन्दै बसन्त थापाले दिए जातीय विभेद ल्याउने सुबासलाइ यस्तो सुझाब!