ब्लड प्रेसरका रोगीले यी खानेकुरा खानुहोस्, हुन्छ फाइदै फाइदा

काठमाडौं । खानपान र जीवनशैलीका कारण रक्तचापका विरामी बढ्न थालेका छन् । रक्तचाप बढेसँगै यसले शरीरमा विभिन्न स्वास्थ्य समस्याहरु निम्त्याउने गर्छ । जस कारण रक्तचाप बढ्न नदिन समयमै सावधानी अपनाउनु आवश्यक छ । विशेषगरि खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ । रक्तचापमा विरामीले एकैपटक धेरै खानेकुरा खानु हुँदैन भने मसाला तथा तेलमा तारेको खानेकुरा खान छोड्नु पर्छ ।

सकभर फलफूल र तरकारीको मात्रा बढी खाँदा फाइदा हुन्छ भने लसुन, प्याज, भटमासको सेवन लाभदायिका हुन्छ । भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।

नुनको सेवन कम गर्ने, चिनी, क्याफिन, चक्लेट, जंक फूड खान नियन्त्रण गर्ने, दैनिक १० गिलासजति पानी पिउने वा झोलिलो खानेकुरा प्रशस्त खाने गर्नुपर्छ । जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ । जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

दाइजोमा १ करोड नदिएको भन्दै विवाहको मण्डप नै छाडेर हिडे यि दुलाहा, दुलहीले हालिदिइन मुद्धा

यस्तो छ आज सुनको भाउ,किन्ने होइन ?