पाँच दिनदेखि उठेन काठमाडौंको फोहोर- फोहोरका डंगुर थुप्रिदा फैलियो दुर्गन्ध

काठमाडौं स् पाँच दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न बन्द भएको छ । सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि राजधानीको फोहोर उठ्न ठप्प भएको हो । सिसडोल भरिइसकेका कारण व्यवस्थापन अस्तव्यस्त भएकाले सिसडोलमा फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्याको समाधान गर्नुपर्ने माग स्थानीयको छ । आफ्ना माग सम्बोधन नगरे फोहोर उठ्न नदिने सिसडोल व्यवस्थापन संघर्ष समितिले चेतावनी दिएको छ ।

समितिका वरिष्ठ सल्लाहकार ज्ञानेन्द्रप्रकाश गजुरेलले नुवाकोट–१ का प्रदेश सांसद बद्री मैनालीलाई बोलाएर महानगरपालिकाले सहमति गरेको, तर पीडितको आवाज नसुनेको बताए । महानगरपालिका सचिव केदार न्यौपानेले शुक्रबार बद्री मैनाली, कनकी–२ का वडाध्यक्ष चन्द्रबहादुर बलामी, जिल्ला प्रशासन कार्यालय, सडक विभाग सहरी विकास मन्त्रालयका प्रतिनिधिसँग समस्या समाधानका लागि छलफल गरेका थिए । स्थानीयको जग्गा अधिग्रहणका लागि विज्ञ टोली गठन गर्ने र प्रतिवेदनका आधारमा सरकारलाई सिफा

रिस गर्ने सहमति भएको महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । यो समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ। समाचार तीर्थराज बस्नेतले लेखेका हुन्।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ब्रिटिस गोर्खा भुतपुर्व संगठन (बिगेसो) द्वारा भारत, बेलायत र नेपालसंग भएको त्रिपक्षिय सम्झौता असमान भन्दै खारेजीको माग

500,000 jobs in five years: Minister Banskota