नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस नागढुङ्गामा जाँचका क्रममा… .

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले खैरो हिरोइन (ब्राउन सुगर) सहित एकलाई पक्राउ गरेको छ ।प्रभागको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा जाँचका क्रममा खैरो हिरोइनसहित सुर्खेतका २७ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३४ नंको यात्रुवाहक बस जाँचका क्रममा ११.१५ ग्राम खैरो हिरोइन लागुऔषधसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

“कालो प्लाष्टिकको झोलामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेका हौँ”, उहाँले भन्नुभयो । पक्राउ परेका परियारलाई लागुऔषध ऐन २०३३ अनुसार मुद्दा चलाउने तयारी भइरहेको वृत्तले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेकपामा राजनीतिक कार्यदिशा विवादः यसरी कुरा मिल्यो प्रचण्ड-ओलीबीच

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?