अत्यन्तै रमाइलो गीत ‘बाँचे खाने भातै हो’ (भिडियो सहित)

काठमाडौं । नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा नाम कमाएका कलाकार हुन् कलाकार गणेश इशारा । उनी हरेक खालका अभिनयमा दख्खल राख्छन् । हाल एक अक्षय कोषको स्थापनाका निम्ति देशब्यापी ूगणेश इशारा अल नेपाल एकल कमेडी शोू को अभियानमा रहेका यी नै गणेश इशारा र सुरती राईको अभिनयमा एउटा गीतको भिडियो सार्वजनिक भएको छ । ‘बाँचे खाने भातै हो, मरे लाने घाटै हो’बोलको पुर्बेली गीतको भिडियो सार्वजनिक भएको हो ।
पुर्बेली जुनतारा म्युजिकले अडियो भिडियो सार्वजनिक गरेको उक्त गीतमा शिखर गजरकोटेको शब्द रहेको छ भने प्रियजन राईको लयमा प्रियजन राई र ईन्द्रकला राईको स्वर रहेको छ । सन्तोष प्रगाढको संगीत संयोजनमा गोविन्द सोनीले मास्टरिङ र मिक्सिङ गरेका छन् । नरेश ऐरको छायाँकनमा प्रियजन राईले नै निर्देशन गरेको भिडियोमा ज्याक गुरुङ, पदम अधिकारी, ईन्द्र आले र सुदिप यसमालीको समेत अभिनय रहेको छ भने तुलसी बाँस्कोटाले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप

बलिउडमा २७ वर्ष पूरा भएपछि शाहरुख भए भावुक, भने आधा जिन्दगी यही बिताए‘