जन्मदिनको अवसर पारेर मलाइकाले स्वीकारिन् अर्जुनसँगको अथा प्रेम

एजेन्सी बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा खान र अभिनेता अर्जुन कपुर बिच प्रेम सम्बन्ध रहेको छ । तर उनिहरुले मुख भने खोलेका छैनन् । तर उनिहरुको हल्ला भने निकै नै चलिरहेको छ । वास्तवममा उनिहरुले प्रेम सम्बन्ध नस्वीकारे पनि उनीहरुको प्रेमको चर्चा चलेको लामो समय भइसकेको छ ।

मलाइकाले आफ्नो पति अरवाजलाई डिभोर्स दिएको विभिन्न मिडियाहरुमा समेत उल्लेख गरिएको छ । अर्जुनको ३४औँ जन्मदिन मनाउनका लागि मलाइका र अर्जुन न्युयोर्क पुगेका थिए ।, यस पटक मलाइकाले अर्जुनसंगको प्रेम सम्बन्ध स्वीकार गरेकी छिन् ।
अर्जुनको जन्मदिनको अवसर परेर उनले

सामाजिक संजालमार्फत फोटो सेयर गरेर अर्जुनलाई जन्मदिनको शुभकामना दिँदै आफू दुईको प्रेम स्वीकार गरेकी हुन् । कपुरलाई जन्मदिनको शुभकामनाका साथ धेरै माया र सधैँको लागि तिमीसंग खुशी लेखेर क्याप्सन समेत राखेकी छन् । अभिनेता अरवाज खानसँग डिभोर्स भएपछि मलाइका अर्जुनसँग निकै रमाइ रहेकी देखिन्छिन् ।
मलाइकाले अर्जुनलाई उक्त फोटो सेयर गर्दै उनलाई सप्राइज दिएकी छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न, फाईनलमा चर्चित गायक कमल खत्रीको प्रस्तुति रहने

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप