तपाईंलाई कब्जियत हुन्छ ? हटाउन यी खानेकुरा खानुहोस्

काठमाडौं । कब्जियत भएमा आत्तिनु पर्दैन । यो आफैंमा रोग होइन । शरीरका अन्य अंगमा समस्या भएमा कब्जियत हुने गर्छ । विशेष गरि पेट, आन्द्रा तथा पाचन प्रणालीमा समस्या हुँदा कब्जियत देखापर्छ । साथै खानपानमा ध्यान नदिँदा र कुनै रोगको औषधि सेवन गर्दाको साइड इफेक्टले पनि यस्तो समस्या देखा पर्न सक्छ । यसको उपचार भनेकै दिसा खलास गर्ने हो । यसर्थ दिसा खलास गर्ने कुरा खानु पर्छ ।

जस्तै रेसायुक्त खानाहरु गहुँ, मकै, बोक्रासहितको आलु, हाडेबदाम, तरकारी, जौलगायतका खानेकुरा खानु पर्छ । रेसायुक्त खानाले पाचन प्रक्रियालाई सहज बनाउँछ । यसैगरी, गेडागुडीमा प्रोटिन, भिटामिन र फाइबर प्रचुर मात्रामा हुने हुँदा यसले पनि कब्जियतको समस्या हटाउँछ ।

बिहान मन तातो पानीमा मह र कागती मिसाएर खाँदा र खाना र पेय पदार्थमा कागती मिसाएर खाँदा कब्जियतको समस्या ठिक हुन्छ । प्रशस्त मात्रामा पानी पिउने र फलफूल र हरियो सागसब्जी खाने ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पण्डित दीनबन्धु पोखरेलले पाए अमेरिकाको मानार्थ नागरिकता

आफ्नो विवाह खर्च कटाएर पत्रकार अशोक पौडेलले गरे विद्यालयलाई आर्थिक सहयोग