सकरदही पुलमा मोटरसाइकल ठोक्किँदा अर्जुनरामको ज्यान गयो

राजविराज –भारदह सडकखण्ड अन्तर्गत सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–११ सखुवा बस्ने २५ वर्षीय अर्जुनराम रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

सो दुर्घटनामा परी गम्भिर घाइते अर्जुनरामलाई उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो । हनुमाननगरबाट भारदह जानेक्रममा स ४ प ८६२ नं को मोटरसाइकल हनुमानगर कङ्कालनी नगरपालिका– २ स्थित सकरदही पुलमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सरकारले कर बढाएर जनतालाई सास्ती दियो– सभापति देउवा

बकैयामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु, ३७० जनाले जनाले पाए रोजगार