भोज खाएका एकै गाउँका २५ जना बिरामी

धादिङ । धादिङमा भोज खाएका एकै गाउँका २५ जना बिरामी भएका छन् र उनीहरु हाल उपचार भइरहेको छ । गजुरी–५ चिसापानीस्थित दलित वस्तीमा पास्नी भोज खाएका २५ जना बिरामी भएका हुन् । उनीहरुको गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालउ धादिङले जनाएको छ । शुक्रबार साँझ स्थानीय राजाराम मिजारको छोरीको पास्नीको भोज खाएका उनीहरु मध्ये अधिकांश व्यक्तिलाई झाडावान्ता भएको छ। केही दिन अघि पनि धादिङकै नीलकण्ठ ज्याम्रुङमा भोज खाँद्या ४१ जना बिरामी भएका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

ईलाका प्रशासन प्रमुख चढेको गाडी दुर्घटना

सरकारले कर बढाएर जनतालाई सास्ती दियो– सभापति देउवा