काठमाडौं । नेपाल आइडल सिजन टूमा विजेता गायक रवि ओड र गायिका दुर्गा खरेलले नयाँ म्युजिक भिडियो ल्याएका छन् । उनीहरुले ‘घरमा कुरा’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका हुन् । सो गीतमा रवि र दुर्गाको स्वर रहेको छ भने ध्रुवप्रसाद अमगाईंको शब्द सृजना रहेको छ । अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको सो गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । जसमा नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई फिचरिङ गरिएको छ ।
गायक रवि ओडको ‘घरमा कुरा’मा आयुष्मान र प्रियंकाको रोमान्स (भिडियो)

Leave a Reply
Loading…
0
Comments
0 comments