मुख्यमन्त्री पौडेल असार १८ गते चीन भ्रमणमा जाने

हेटौँडा (रासस) प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल मित्र राष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलकोे नेतृत्व गर्दै लान्झाउ शहरमा यही असार १८ गते प्रस्थान गर्दै हुनुहुन्छ ।

मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औँ लान्झाउ लगानी तथा व्यापार सम्मेलनको उद्घाटन समारोहमा सम्मिलित हुनुहुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज जनाएको छ ।

उहाँका साथमा प्रदेशसभाका सदस्य राधा घले, जुनेली श्रेष्ठ र कञ्चन खनाल एवम् मुख्यमन्त्री कार्यालयका उच्च अधिकृतसहित सात जनाको प्रतिनिधिमण्डल जाने मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले बताउनुभयो । मुख्यमन्त्री पौडेलसहितको प्रतिनिधिमण्डल यही असार २३ गते साँझ स्वदेश फर्कने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

भागिरथ चलाउने र एलिना खनालको आयो तीज गीत ‘मुसासँगै मुसी’(भिडियो)

चिया पत्ती किन्न नसकिने भन्दै इलामका बाउन्न चिया उद्योग बन्द