जीप दुर्घटना हुुँदा चालकको मृत्यु, एक जना घाइते

रामेछाप । रामेछापमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । लिखु तामाकोशी गाउँपालिका १, दुरागाउँको गुरुवाङ्गमा जीप दुर्घटनामा जीपका चालक क्याल्वु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार सोही दुर्घटनामा दुरागाउँकै वडा अध्यक्ष निङमार तामाङ घाइते भएका छन् । उनको दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ना ४ च ६२०५ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा सो हताहती भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

USA fans watching the 2019 Women’s World Cup

सरकारले मध्यपहाडी लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढायो