२१ वर्षपछि साउदी राजकुमार सलमान दक्षिण कोरियामा, राष्ट्रपतिसँग गरे भेट

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुग्नु भएको थियो ।

सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उहाँले दक्षिण कोरियाको भ्रमण गर्नु भएको थियो । राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ । (रासस ÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

A traditional ceremony in the Libyan desert

The current and future European Union members