एसर्ईईको नतिजा सार्वजनिक गर्न डाकियो बोर्ड बैठक

काठमाडौं । गएको चैतमा सञ्चालनमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरिएको छ । बुधबार नै नतिजा प्रकाशन हुने हल्ला चलेको थियो । तर, बिहीबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयले नतिजा प्रकाशनको लागि बिहीबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ ।

गएको चैत १० चैतदेखि २१ गतेसम्म सञ्चालान भएको एसईई परीक्षामा सातै प्रदेशबाट नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र विगतको आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यी मध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गर्लफ्रेण्ड भेट्न गएका शिक्षकलाई स्थानीय युवाले कुटीकुटी ज्यान लिए

सरकारसँग काठमाडौंवासीको पुरानो असन्तुष्टि