विश्वकप क्रिकेट : न्युजिल्याण्डको अपराजित यात्रा तोडियो, पाकिस्तानको शानदार जित

काठमाडौं । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटमा अपराजित रहेको न्युजिल्याण्डको अपराजित यात्रा टुंगिएको छ । बुधबार भएको खेलमा पाकिस्तानसँग न्युजिल्याण्ड ६ विकेटले पराजित भएसँगै उसको अपराजित यात्रा टुंगिएको हो । जितसँगै पाकिस्तानले सेमीफाइनल पुग्ने आफ्नो सम्भावनालाई सहजता दिएको छ ।

न्युजिल्याण्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेर आफ्नो यात्रालाई अघि बढाएको हो । न्युजिल्याण्डले मात्र ८३ रनमा पाँच विकेट गुमाएको थियो । पाकिस्तानको ७ खेलबाट ७ अंक पुगेको छ । अंकतालिकामा पाकिस्तान छैठौँ नम्बरमा छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

युनेस्कोको प्रस्ताव उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्ने

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस कुन देशको कति ?