धादिङका विभिन्न स्थानमा पहिरो खसेको छ ।वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।धादिङको गल्छी गाउँपालिका ६ मा पर्ने पृथ्वी राजमार्गको करिब ३ किलोमिटर लामो क्षेत्रमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।
पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ । अहिले पहिरो खसेर रोकिएको पृथ्वी राजमार्ग खुलाउनका लागि ८ वटा एक्जाभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको छ । मनसुन सुरु भएपछि परेको वर्षाले विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अबरुद भएको हो ।
Comments
0 comments